सुनकोसीमा बेपत्ता ३ बालबालिका खोज्न गोताखोर परिचालन
- चैत्र १२, २०८०
- 0
होली खेलेर नुहाउन सुनकोसी नदीमा गएका ३ जना बालबालिका अझै भेटिएका छैनन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता थिए ।
उनीहरूको खोजीका लागि बिहानैबाट सशस्त्र प्रहरी बलको गोताखोर टीम परिचालन गरिएको छ । आइतबार अबेरसम्म खोजी गरिएकोमा नभेटेपछि आज बिहानबाट पुन: खोजी सुरू गरिएको हो ।
साउनेबाट कोसीमा पौडी खेल्न गएका रुद्रबहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर, केदार मगरको ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
केही बालबालिकालाई भने हिजै जीवित उद्धार गरिएको थियो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




