नेकपा एमालेको सचिवालय बैठक बस्दै
- चैत्र ११, २०८०
- 0
सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ । यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ । त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन् ।
इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ भने बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ । बैठकमा ती नामहरूमाथि समेत छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




