बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका ३ जनाको मृत्यु

news-details

दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ ।

शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *