नीति तथा कार्यक्रम र बजेट निर्माणमा तीनै तहको धारणा समेट्छौं : मन्त्री श्रेष्ठ

news-details

शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीन तहकै धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी छिन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी छलफलमा उनले अब आउने नीति तथा कार्यक्रम शिक्षा संघहरुले नभएर स्थानीय तहले डेलिभरी गर्ने भएकाले स्थानीय तहको धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी हुन् ।

उनले भनिन,‘प्रदेश र स्थानीय तहसँग कुराकानी थालेको छौं । अब आउने नीति तथा कार्यक्रम देशका शिक्षा सम्बन्धी संघहरुले डेलिभरी गर्ने होइन् । स्थानीय तहले गर्ने हो । त्यसैले उहाँहरुको रिपोर्ट र धारणालाई पनि समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा राख्छौं ।’

उनले आफू सँधै सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुने प्रतिबद्धता जनाउँदै भनिन्,‘प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नहरुको लिस्ट बनाएर त्यसको एउटा समय नै लिएर सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुन्छु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *