कथाकार परशु प्रधानको निधन

news-details

साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो ।

उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ ।

भोजपुरमा वि.सं. २००० सालमा जन्मिएका स्वर्गीय प्रधानले ०१६ सालमा ‘जीवनपथ’ कविताबाट साहित्यक यात्रा आरम्भ गरेका थिए ।

उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानका उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया लगायत कथा संग्रहहरु प्रकाशित छन् ।

प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *