बागलुङमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु

news-details

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको विकले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया