गण्डकी प्रदेशमा दीपक मनाङे भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त, आजै सपथको तयारी
- चैत्र ५, २०८०
- 0
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ लाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीको आजै साढे तीन बजेका लागि शपथको समय तोकिएको बताइएको छ।
मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। आइतबार मात्रै उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा संसद् सचिवालयमा निवेदन दिएका थिए।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत प्राप्त गरेर सरकार बनाउन ३१ जना सांसदहरू आवश्यक हुन्छन्। अहिले गण्डकीमा काँग्रेसका २७ जना, एमालेका २२, माओवादी केन्द्रका ७ जना सभामुखबाहेक, राप्रपाका २ जना र एकजना दीपक मनाङे छन्।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




