दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, मागे स्वतन्त्र सांसदको हैसियत
- चैत्र ४, २०८०
- 0
स्वतन्त्र सांसद जितेपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।
मनाङेले विनाकारण र अनायासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आइतबार प्रदेशसभा सचिवालयमा दलीय आवद्धता त्यागबारे निवेदन दर्ता गराएका हुन् ।
प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले निवेदनबारे छलफल भैरहेको बताए । ‘उहाँले अभिलेख सच्याउन निवेदन दिनुभएको छ । त्यसबारे छलफल हुँदैछ’, उनले भने ।
मनाङे २०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । पछि नेकपा एस प्रवेश गरेका मनाङेलाई प्रदेशसभाको अभिलेख सच्याइएको थियो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




