इलाम–२ मा एमालेले सुहाङसहित ६ जना आकांक्षीको नाम केन्द्रमा पठायो

news-details

वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । उम्मेद्वारका लागि सहमति जुटाउन प्रयास गरे पनि सफल नभएपछि निवेदन दिएका सबैको नाम सिफारिस गरिएको हो ।

पार्टी इलाम जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।

पार्टीको केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि सहमति जुट्न नसक्दा ६ जनाकै नाम केन्द्रमा पठाइएको सचिव उमेश गुरुङले बताए ।

पार्टी जिल्ला कमिटीले नेम्वाङ, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल र रिपल राईको नाम सिफारिस गरेको हो ।

सकेसम्म सहमति जुटाएर पठाउने तयारी गरी उम्मेदवार बन्ने इच्छा राखेर निवेदन दिएका सबैलाई राखेर छलफल गरिए पनि सहमति जुट्न सकेन । कसैले पनि आफ्नो निवेदन फिर्ता लिन नचाहेको गुरुङले बताए ।

अब पार्टीको केन्द्रीय कमिटीले नै ती ६ जनामध्येबाट उम्मेदवारको टुंगो लगाउने उनले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *