वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आयोजना गरेको बनभोज कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुले बेजोड प्रस्तुति दिएका छन् ।
गत शुक्रबार चोभारमा सम्पन्न बनभोज कार्यक्रममा नेपालका बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल, गायक बद्री पंगेनी, हाँस्यकलाकार सुबोध गौतम, दिपेन्द्र प्रसाई, कलाकार हरि डाँगी, जुना कार्की लगायतको उपस्थिति रहेको थियो ।

व्यवसायीका वर्षभरिका दुःख पिडालाई थाती राख्दै आपसी भाईचाराको सम्बन्ध स्थापित गर्न मञ्चले यो दोस्रो पटक आयोजना गरेको बनभोज कार्यक्रममा विभिन्न रोचक खेलहरु समेत खेलाउँदै व्यवसायीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका उच्च पदस्थका व्यक्तित्व, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, पूर्वअध्यक्ष, पत्रकारलगायत करिब ४ सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो भने सभ्य र भव्य तवरले कार्यक्रम सम्पन्न भएको मञ्चका अध्यक्ष जनक रावलले जानकारी दिए ।






















