सुष्मा लामा हत्या आरोपमा एक युवक पक्राउ
- चैत्र ४, २०८०
- 0
प्रहरीले मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेका छ ।
आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी २८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले सार्वजनिक गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार सुष्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी र सम्पर्कबिहीन भएकी थिइन् ।
उनी हराएको भन्दै खोजी गरिदिन परिवारले बौद्ध प्रहरीमा उजुरी दिएका थिए र फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो ।
प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]





