सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

news-details

प्रतिनिधि सभाको आइतबारको बैठकले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको छ ।

प्रतिनिधि सभा सदस्य अन्सारीको ६० वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।

वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *