दुव्र्यसनमुक्त जिल्ला बनाउन इलाममा अभियान

news-details

जिल्लालाई दुव्र्यसनमुक्त बनाउने उद्देश्यसहित इलाममा लागूऔषध रोकथाम तथा नियन्त्रण अभियान सुरु गरिएको छ ।

विकृति र विसंगतिहरुका विरुद्ध सामाजिक अभियान सञ्चालनमा सक्रिय संस्था ‘ज्योतिर्मय सामाजिक अभियान’ को सक्रियता एवं अगुवाइमा कार्यक्रम सुरु गरिएको हो ।

जिल्लाका सबै पालिकाहरुमा स्थानीय बासिन्दाको सहभागितामा लागूपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवाहरुलाई यसविरुद्ध लाग्न प्रेरित गर्ने संस्थाले जनाएको छ ।

यसै सन्दर्भमा शनिबार इलाम सदरमुकाममा ‘लागूऔषध रोकथाम तथा नियन्त्रण’ विषयक अनुशिक्षण कार्यक्रम गरिएको छ ।

संस्थाका धीरेन चेम्जोङका अनुसार कार्यक्रम ज्योतिर्मय सामाजिक अभियानको आयोजना र नेपाल प्रहरीको लागूऔषध ब्युरो काठमाडौंको सहआयोजनामा भएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, युवायुवती, सामाजिक अभियन्ता, स्वास्थ्य क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता थियो ।

भोलि आइतबार र पर्सि सोमबार यसै विषयमा सरोकारवालाहरुको वृहत् उपस्थितिमा अन्तरक्रिया गरिने भएको छ ।

इलामलाई दुव्र्यसनमुक्त बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको संस्थाका अगुवामध्येका धर्म गौतमले बताए ।

‘ज्योतिर्मयको अभियान, दुव्र्यसनमुक्त इलाम’ नारासहित संस्थाले गाउँ गाउँमा अभियान चलाउने जनाइएको छ । पालिकाहरुमा सञ्चालन हुने कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, सामाजिक संस्थाहरु तथा सुरक्षाकर्मीहरुको पनि साथ रहने संस्थाले उल्लेख गरेको छ ।

अभियानलाई जिल्लाका गाउँ, नगर गरी सबै पालिकाहरुमा पुर्याइने उनले बताए । यस क्रममा सन्देशमूलक सामग्रीहरुको प्रदर्शनी, लागूपदार्थ र लागूऔषधले गर्ने हानि, नोक्सानी जस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिने संस्थाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *