नेसपाले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलायो

news-details

नेपाल समाजवादी पार्टी (नेसपा)ले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ ।

नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि चैत ४ गते केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।

उनले भने, ‘पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि बोलाइएको हो ।’

पार्टी कार्यालय प्रमुख पोखरेलले पार्टीको बैठकबारे सामाजिक सञ्जाल, सञ्चारमाध्यममा आएका कुनै पनि गलत सूचनाको पछाडि नलाग्न र बैठकमा सहभागी हुन आग्रह गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *