पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश सुन तस्करी प्रकरणमा पक्राउ

news-details

सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले माओवादी निकटअनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दिपेसलाई शुक्रबार धापासीबाट पक्राउ गरेको जनाएको छ ।

६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले पुनसँग बयान लिएको समेत लिएको थियो ।

सुन तस्करीसम्बन्धी जाँच आयोगले बिहीबार गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

गत साउन ३ गते विमानस्थलबाट जाँच पास भए पछि बरामद भएको सुन करीब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो । पछि ‘ब्रेक शू प्याड’ बाट निकालेर जोख्दा सुनको तौल ६० किलो सात सय ८९ ग्राम मात्र भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *