सुन तस्करीको प्रतिवेदन चाँडै कार्यान्वय गर्ने मन्त्रीपरिषदको निर्णय

एआईजी ज्ञवाली र बज्राचार्यको विभाग साटफेर
news-details

सरकाले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले हिजो चैत्र १ गृह मन्त्रीलाई बुझाएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

केहीबेर अघि बसेको मन्त्री परिषदको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले आयोगले उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन चाँडै कार्यान्वयनमा लाने निर्णय भएको बताईन् ।

उनले भनिन्, ‘सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जुन हामीले जाँचबुझ आयोग गठन गरेको थियौं । त्यसले २०८० चैत्र १ गते उपप्रधान तथा गृह मन्त्रीलाई बुझाएको प्रतिवृदनको गम्भिर अध्ययन गरी तत्काल कार्यन्वयनको लागि प्रक्रियामा लैजाने भन्ने बैठकले निर्णय गरेको छ ।’

मन्त्रिपरिषदको शुक्रबारको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ।

त्यसैगरी, मन्त्रीपरिषदले एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरेको छ । त्यहाँ रहेकी सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यविभागमा सरूवा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *