प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका छन् । स्वर्गीय नेम्वाङको अन्त्येष्टिका लागि आर्यघाटमा पुगेका प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओडार अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

नेम्वाङले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सरकारले उनलाई राजकीय सम्मान प्रदान गरेको छ । नेम्वाङको सम्मानमा बिहीबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्न प्रधानमन्त्रीसहित अन्य राजनीतिक दलका नेताका कार्यकर्ता पशुपति पुगेका थिए ।

संविधान सभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानसहित अन्तिम श्रद्धाञ्जली

मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा पु¥याइएको थियो ।

स्वर्गीय नेम्वाङको अन्त्येष्टिमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गीय नेम्वाङको शव बालुवाटारबाट त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल, चोक–धुम्वाराही–चावहिल–गौशाला हुँदै पशुपति आर्यघाट लगिएको हो ।

संविधान सभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानसहित अन्तिम श्रद्धाञ्जली

स्व.नेम्वाङको अन्तेष्टिमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति छ ।

संविधान सभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानसहित अन्तिम श्रद्धाञ्जली
 
संविधान सभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानसहित अन्तिम श्रद्धाञ्जली