नुवाकोट । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा दैनिक रूपमा वारीपारी गर्नुपर्ने स्थानीयवासीले आज बिहानैदेखि पुलको प्रयोग गर्न थालेका छन् ।

निर्माण सम्पन्न भइसकेको पुल औपचारिक रूपमा उद्घाटन हुन बाँकी रहे पनि आवतजावतका लागि सहज भएपछि स्थानीय तथा दशैंका लागि घर फर्किने यात्रुहरूले पुल प्रयोग गर्न थालेका हुन्।

उक्त झोलुङ्गे पुलको निर्माण निर्माण व्यवसायी महासङ्घको लगानीमा गरिएको हो।

आज बिहान पुलमा आवतजावत गर्ने क्रममा केही यात्रुहरूले ‘जय बालेन’ भन्दै यात्रा गरेको दृश्यसमेत देखिएको छ ।