चिसो बढ्दै जादा बिद्यालयमा अध्ययनरत बालबालिका चिसोबाट प्रभावित भएकाछन् । त्यसमा पनि दुर्गम हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित छन् । हिमाली क्षेत्रमा हिउ पर्ने र असाध्य चिसो हुने भएकाले बिद्यालयसमेत नजाने बालबालिकाको संख्या बढ्दै जान थालेको छ । सामाजिक संस्था रोटरी क्लबले त्यस क्षेत्रका बालबालिकालाई बिद्यालय जाने वातावरण बनाउन न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेर बिद्यालय जाऔं अभियान सञ्चालन गरेको छ ।

चिसो समयमा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा किन्न मुस्किल हुन्छ । रोटरी क्लब न्यूयोर्क क्वीनको सहयोग र रोटरी कल्ब महाराजगञ्ज काठमाडौको संयोजनमा सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङपाल गाउँपालिकास्थित दुर्गम भोताङदेवी माध्यमिक बिद्यालय पुगेर बिद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री र अभिभावकलाई शैक्षिक परामर्शसमेत दिएको छ ।

रोटरी क्लवले हिमाली क्षेत्रका स्कुले बालबालिकालाई वितरण गर्यो न्यानो कपडा र शैक्षिक सामाग्री

एक सरो कपडाको भरमा चिसो छल्दै विद्यालय जानुपर्ने बाध्यतामा रहेका विद्यार्थीहरुलाई लक्षीत गरेर न्यानो कपडा, ज्याकेट, स्वीटर, स्कुल ब्याग, कपि, कलम, पुस्तकलगायतका सामग्री बितरण गरीएको रोटरी क्लब महाराजगञ्जका चार्टर प्रेसिडेण्ट डा जय टण्डनले बताए । उनले हिमाली र दुर्गम क्षेत्रका बालबालिकालाई मात्र लक्षीत गरेर जाडोको समयमा बिद्यार्थीहरु कठ्याङेग्रीने स्थिति नबनोस भनेर अभियान सञ्चालन गरेको जानकारी दिए ।

चिसोका कारण विद्यार्थीहरु विद्यालय जान समेत समस्या भएको छ । रोटरी क्लब न्यूयोर्क क्वीनका अध्क्ष्यक्ष गुरुदत्त पराजुलीले दुर्गम क्षेत्रका अति बिपन्न वर्गका बालबालिकाको खोजि गरी १२ कक्षासम्म छात्रबृत्तिको व्यवस्था गरेर अध्ययनमा सहयोग गरीने जानकारी दिए । क्लबले दुर्गम क्षेत्रका बरुवा, थाङपाललगायतका ग्रामीण क्षेत्रका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरीएको हो । जहा समस्या त्यहाँ रोटरी भन्ने अभियान अन्र्तगत रोटरीले दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक उन्नतीको लागि अभियान सञ्चालन गरेको हो ।

रोटरी क्लवले हिमाली क्षेत्रका स्कुले बालबालिकालाई वितरण गर्यो न्यानो कपडा र शैक्षिक सामाग्री

चिसो मौसमको सिजनमा सबैको न्यानो कपडा नभएको समयमा स्वीटर वितरणले विपन्न विद्यार्थीलाई राहत मिलेको भोताङदेवी माध्यमिक बिद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद श्रेष्ठले बताए । वडा–वडामा पुगेर विद्यालयमा जनप्रतिनिधिहरु पुगरे रोटरीले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।