नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छिन ।
शुक्रबार अपराह्न नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर सांसद यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन ।
उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी छन ।








