सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार एक कार्यक्रमबीच सभामुखले घिमिरेले राष्ट्रपतिबाट शपथ लिएका हुन ।
घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहालसहित, कामु प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षको उपस्थिति थियो ।








