सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ ।
संसद भवन नयाँ बानेश्वर पुगेर न्यौपनेले उम्मेदवारी दर्ता गरेकी हुन ।
उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला छन ।
सभामुख निर्वाचन भोलि हुँदैछ ।
आज नै एमाले नेता देवराज घिमिरेले पनि सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए ।








