यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।
काठमाडौंबाट पोखराका लागि आइतबार बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटना भएको हो ।
७२ यात्रु क्षमताको एटीआर विमानमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य रहेको प्रारम्भिक विवरण प्राप्त भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिएका छन ।
दुर्घटना लगत्तै उद्धार कार्य जारी छ । अहिलेसम्म दुर्घटनाग्रस्त विमानबाट ३२ जनाको शव निकालिएको छ । अन्य यात्रु पनि जिवित भेटिने सम्भावना अत्यन्त न्यून रहेको बताइएको छ ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जादासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।








