बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका छन् । उनले प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाएर सभामुख पदमा निर्वाचित भएका हुन् ।
प्रदेशसभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका पाठक सहित नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिएका थिए ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभाका सभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा कुल सदस्य संख्या ११० मध्ये १०९ जना सांसद उपस्थित रहेका थिए । एक सांसद भने निर्वाचनको क्रममा अनुपस्थित रहे ।
राप्रपाका पाठकको पक्षमा प्रदेशसभाका ६२ जना सांसदहरुले हस्ताक्षरसहित समर्थन गरेका थिए भने उनको विपक्षनमा ३९ जना सांसदले हस्ताक्षर परेका थिए । ७ जना सांसदहरु तथष्ट रहेका थिए ।
शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।








