बागमती प्रदेशसभाको सभामुखमा राप्रपा, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले उम्मेदवारी दर्ता गराएका छन ।

बागमती प्रदेश सभाको सभामुखमा गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवन पाठक, कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सृजना सायजुले उम्मेदवारी दर्ता गराएका हुन ।

पाठकको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् भने अधिकारीको प्रस्तावकमा कांग्रेसका सांसद कुन्दनराज काफ्ले र समर्थकमा मा रामकृष्ण चित्रकार रहेका छन । यस्तै सायजुको प्रस्तावकमा नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ र समर्थकमा गीता काफ्ले रहेका छन ।