लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन ।

एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज नयाँ सरकारका लागि दावी पेस गरेका थिए ।

सत्ता साझेदार दलहरुले सात दलको समर्थमान ५८ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरेका थिए ।