गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् ।
सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष अधिकारीले दाबी पेश गरेका उनी संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत जुटाएसँगै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारीले मुख्यमन्त्री दाबी पेश गरेका हुन् ।
गठबन्धनको सहमतिअुनसार कास्की–१ (१) बाट निर्वाचन जितेका अधिकारी पाँचै वर्षका लागि मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकीमा माओवादीले सभामुख पाएको छ ।








