प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । कार्की झापा ५ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

कार्कीले सोमबार साढे २ बजे शपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभामा रहेका एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त