सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ।

शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको हो।

शनिबार साँझ कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

शनिबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा प्रतिवेदन बुझाइएको हो। उक्त बैठकमा राष्ट्रिय जनता पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहितका नेता उपस्थित थिए ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा नेकपा ९माओवादी केन्द्र० का नेता वर्षमान पुन, जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीक मुकुल ढकाल सदस्य छन ।

प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेगरी सरकारका प्राथमिकता निर्धारण गरिएको छ। सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयलाई समेटेर प्रतिवेदन तयार गर्न पुस १४ गते कार्यदल बनाएको थियो। कार्यदलले तयार पारेको प्रतिवेदन अध्ययन गरेर सार्वजनिक गर्ने तयारी शीर्ष नेतृत्वले गरेको छ।