प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा संसद बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने-नदिने लगायत विषयमा छलफल हुने बताइएको छ ।
संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीबीच छलफल गरेका थिए । छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।
प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ ।
पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यतालिका छ । प्रधानमन्त्री दाहाललाई नेकपा एमालेलगायत सात दलको समर्थन रहेको छ ।








