राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संघीय संसद्को बैठक आह्वान गरेकी छिन ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सो दिन संसद् बैठक आह्वान भएको हो । मङ्सिर ४ गते सम्पन्न संघीय निर्वाचनपछि पहिलो पटक संसद् बैठक आह्वान गरिएको हो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सोमबार मन्त्रिपरिषद् गठन भएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।








