भावी सरकार गठनमा सहमति गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शीतल निवास प्रस्थान गरेका छन ।

ओली निवास बालकोटमा दलहरुको बैठकपछि दुवै शीर्ष नेता शीतल निवास प्रस्थान गरेका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई आइतबार साँझ ५ बजेको समय दिएकी थिइन । समय अगावै नेताहरु शीतल निवास गएका हुन ।

कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेकका प्रमुख दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउने सहमति गरेका थिए ।