बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन ।

पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा दिएका हुन । ४ मङ्सिरमा भएको निर्वाचनमा धादिङ९१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका मुख्यमन्त्री पाण्डेले हिजो शपथग्रहण गरेका थिए ।

शपथग्रहणसँगै औपचारिक रुपमा प्रतिनिधिसभा सदस्य बनेपछि पाण्डेले आजबाट बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताए ।