नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन ।
बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित भएको निर्वाचन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।
पार्टी सभापतिसमेत रहेका देउवाले ६४ र थापाले २५ मत पाए ।
सभापति निर्वाचित भएसँगै सभापति देउवालाई पुनः प्रधानमन्त्री हुने बाटो खुलेको छ ।
कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।








