नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको हो ।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

त्यस्तै, गगन थापाको प्रस्तावकमा डा शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा तथा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेल रहेका छन् ।

दलको नेताको निर्वाचन वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।