नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक चुनावी कार्यक्रमअनुसार बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछं । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदानपछि सोही दिन परिणाम घोषणा गरिनेछ ।

मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली ९स्नेही० सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने, यस्तो छ निर्वाचन कार्यतालिका