बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांगेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन । पाण्डे पाँच हजार बढी मतान्तरसहित विजयी भएका हुन ।

पाण्डे ३१ हजार सात सय ८६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार तीन सय ४९ मत प्राप्त गरे ।

त्यसैगरी राप्रपा उम्मेदवार जंग कुमार गिरीले २ सय ७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले १ सय १४ मत मात्र ल्याएका छन ।