प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा साढे १२ हजार मतान्तरले प्रतिनिधि सभाका लागि विजयी बनेका छन । डडेलधुराबाट उनी सातौँपटक संसद सदस्यका लागि निर्वाचित भएका हुन ।

यही मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा उनले कुल २५ हजार ५३४ मत लिएर विजय हासिल गरे । गुल्मीबाट डडेल्धुरा गएर उनलाई चुनौती दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याए । यसैगरी नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत लिएर तेस्रो स्थानमा रहे ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कुल ५१ हजार २०३ मत गणना भएको र त्यसमा ३ हजार १८७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।