मंसिर ४ गते को निर्वाचन जति नजिकीदो छ त्यति नै संखुवासभाको चुनावी माहोल पनि तातिदै गएको छ । कात्तिक महिना लागेसंगै चिसो बढ्दै गएपनि संखुवासभाको चुनावी माहोल भने तात्दै गएको छ ।
मुख्य गरेर एउटा मात्र निर्वाचन क्षेत्र भएको यो जिल्लामा पुर्व राज्यमन्त्री, नेपाली कांग्रेस संखुवासभाका सभापति दिपक खड्का र नेकपा एमालेका नेता निर्वतमान माननिय राजेन्द्र गौतम चुनावी दौडमा हुनुहुन्छ । लगतार संगसंगै तीन वटा निर्वाचनमा संगै प्रतिश्प्रधामा रहेका दुबै नेता संखुवसभावासीबीच परिचित हुनुहुन्छ । एक पटक दिपक खड्काले राजेन्द्र गौतमलाई पराजित गर्नु भएको छ भने अर्को पटक फेरी गौतमले खड्कालाई पराजित गर्नु भएको छ ।
गठबन्धन नगरी चुनाव लड्दा खड्का भारी मतकासाथ बिजयी हुनु भएको थियो भने यस भन्दा अघि माओवादीसहितको गठबन्धन हुँदा खड्का गौतमसंग झिनो मतले पराजित हुनु भएको थियो । यस कारण पनि मंसिर ४ गतेको यो संघीय निर्वाचन खड्काकालागी अवसर हो । किन भने यसपटक खड्कालाई सिंगो माओवादी केन्द्र र नेकपा एसको समर्थन छ । त्यसमा पनि असन्तुष्ट भएको एमालेको एक खेमाले भित्रभित्रै खड्कालाइ सघाउने भएको आंकलन गरीएको छ ।
दिपक खड्काले आफूले पहिले थालेका अधुरा कामलाई पुरा गर्न पनि यसपटक जित्नै पर्ने हुन्छ । खड्काको एक कार्यकालको अनुभव बटुलीसकेका संखुवासभावासीले पनि यस पटक पुनः खड्कालाई एक कार्यकाल हेरौ भन्ने मनस्थितिमा देखिन्छन् । किन भने खड्का पद्मा हुँदा वा नहुँदा उहाँले जिल्लाबासीलाई निस्वार्थ गरेको सहयोगलाई जिल्लावासीले यो समयमा सम्झने छन भन्ने छ । बिकास निर्माणको काममा अगुवाई गर्ने या अस्पतालमा उपचार गराई रहेका बिरामी हुन या अप्ठ्यारोमा परेकाहरु हुन खुला दिलले सहयोग गर्ने सहयोगी भावनाको जिल्लाबासीले सम्झने छन भन्ने छ ।
त्यसैगरी बिभिन्न बिद्यालय, खेलमैदान, क्लब र धेरै कार्यक्रममा पनि खड्काले खुला दिलले सोचेको भन्दा धेरै सहयोग गरेको भन्ने चर्चा पनि जिल्लावासीबीच छ । मठमन्दिर निर्माण, चैनपुरको रातमाटेस्थित बिद्यालयको पुस्तक प्रकाशानार्थ होस खड्काले खुला मनले सहयोग गरेको भन्ने पनि जिल्लाबासीमा चर्चा छ ।
छोटो समय राज्यमन्त्री र माननीयको रुपमा काम गर्दा जिल्लाका योजनालाई प्राथमिकतामा राखेको जगजाहेर छ । केन्द्रीयस्तरमा पुहँच भएका कारण खड्काले चुनाव जिते जिल्लाले मन्त्री पाउनेमा पनि जिल्लावासीले सोचेकाछन् । त्यसमा पनि निर्वतमान माननीय गौतमले आफ्नो कार्यकालमा जिल्लामा खासै योजना नपारेको र बरु जनताको पहुँच भन्दा ओलीको छत्रछायामा बस्नुलाई प्राथमिकतामा राखेकाले जिल्लावासीको असन्तुष्टि छ ।
राजेन्द्र गौतम र बिकासविद्को रुपमा र बिकासलाई आफ्नो पहुँचमा राख्ने खुबी भएका डा. अर्जुन कार्कीबीच कसले टीकट पाउने टकराव हुँदा एमाले भित्र पनि कार्कीलाई साथ दिने खुलेरै लागेको समूह ठूलो थियो । तर, त्यो समूहलाई गौतमले बेग्लै ब्यवहार देखाउन थालेपछि बिच्कीएको त्यो समूहले खड्कालाई भित्रभित्रै सघाउने चर्चा पनि छ । यसरी हेर्दा पनि जिल्लाबासीबीच बिकास प्रेमी नेता, राजनीतिमात्र हैन, समाजसेवी र योजना कार्यान्वयन र केन्द्रमा पहुँच पु¥याएर योजना जिल्लामा लैजानसक्ने नेताको रुपमा खड्काको परिचय बनेको छ ।
खड्कालाई नजिकबाट चिन्ने र नाम सुन्ने गाउँका बस्ती बस्तीमासमेत खड्काको चर्चा छ । तर, खड्काले पनि आफूलाई विश्वास गरेका जिल्लाबासीको सम्मान र भावना अनुकुल काम चाहि गर्नु पर्ने देखिन्छ । उनीहरुले जुन बिश्वास दिएकाछन् त्यसलाई चुडिन भने दिनु हुँदैन् । बिकासप्रेमी छवी बनाएका कारण पनि र गठबन्धनमा सबै दलको दरीलो बिश्वास र मन जितेका कारण पनि खड्का यस पटकको रोजाईमा पर्ने देखिन्छ ।








