पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना परि २५ जना घाइते भएका छन् ।

मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नं २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ ।