नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ भएकी श्रेष्ठको चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । वि.स. १९८७ सालको दशैंको फूलपातीका दिन तनहुँको बन्दिपुरमा जन्मिएकी श्रेष्ठ आजीवन अविवाहित बसिन ।
कांग्रेसको राजनीतिसँगै निरन्तर समाजसेवामा लागेकी श्रेष्ठले विद्यालय, क्याम्पस र मठ मन्दिर लगायत निर्माणका लागि अथाह दान गर्नुभएको छ । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय भवन निर्माणका लागि पनि उनले नै जग्गा दान गरेकी थिइन ।
उनले जीवनकालमा १ अर्ब रुपैयाँ भन्दा बढीको दान गरेको अनुमान गरिएको छ ।








