पशुपति विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले आज एक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका संरचनाहरु ३५ दिने भित्र हटाउन निर्देशन दिएको हो ।

सम्झौता विपरित संरचनाहरु बनाएको पाइएपछि हटाउन समय दिएको कोषले जनाएको छ ।

३५ दिनभित्र नहटाए नियमानुसार कारबाही गरिने कोषले जनाएको छ ।

गौशाला धर्मशालामा मापदण्ड विपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन