प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट आफू नेतृत्वको सरकारमा मन्त्री भएकाहरुलाई पदमुक्त गरेका छन ।
जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सो दलबाट मन्त्री भएकालाई आज बिहीबार पदमुक्त गरेका हुन ।
प्रधानमन्त्री देउवाले जसपाबाट मन्त्रीभएका राजेन्द्र श्रेष्ठ (सङ्घीय मामिला तथा सामान्य मन्त्री), मृगेन्द्रकुमार सिंह यादव (कृषि तथा पशुपन्छी विकास मन्त्री), मोहम्मद इस्तियाक राई (भौतिक पूर्वाधार तथा यातायात मन्त्री), प्रदीप यादव (वन तथा वातावरण मन्त्री) लाई संविधानको धारा ७७ को उपधारा २ (ख) अनुसार मन्त्रीहरूलाई पदमुक्त गरेका हुन ।
प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी हेरफेर गरेकी छिन । पदमुक्त मन्त्रीहरूले सम्हाल्दै आएको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी राष्ट्रपतिले तोकेकी छिन ।
यसैगरी कानून‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ। गोविन्दप्रसाद शर्मा कोइरालाको पदावधि सकिएर उक्त मन्त्रालय रिक्त भएको थियो ।









