दाङमा अवरुद्ध राजमार्ग सुचारु भएको छ । लगातार परेको पानीका कारण रुख ढलेर राजमार्ग अवरुद्ध भएको थियो ।

सशस्त्र प्रहरी बल ४१ नम्बर गण अर्जुनखोलाका एसपी अरविन्द श्रेष्ठको नेतृत्वमा पुगेको सुरक्षाकर्मीको टोलीले रुख काटेर पन्छाएको हो ।

बाढीजन्य विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राप्ती नदि र आसपासका खहरे खोलाले पुर्‍याउन सक्ने क्षति र हुन सक्ने जोखिम न्यूनिकरणका लागि सुरक्षाकर्मी हाइअलर्टमा रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सम्भावित जोखिम क्षेत्रमा परिचालन गरिएको छ । नागरिकसँग मिलेर विपद् प्रतिकार्य गरिने सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

जिल्लामा राप्ती र बबई जलाधार क्षेत्र सहित यस संग जोडिएका खहरे खोलाका कारण पानी जन्य विपद्को जोखिम छ । ३७ वटा वडा पानी जन्य विपद्को जोखिममा छन ।