निर्वाचन आयोगले आगामी निर्वाचनका लागि देशभर निर्वाचन अधिकृतको कार्यालय असोज १५ देखि २० गतेभित्र स्थापना गर्ने निर्णय गरेको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज ६ गते सो निर्णय भएको जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि कार्यालय स्थापनापछि आयोगलाई जानकारी गराउनुपर्नेछ ।

निर्वाचन अधिकृतले आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय समेत भएको आयोगले जनाएको छ।