नेपाली कांग्रेस चितवन–काठमाडौ सम्पर्क समितिको सभापतिमा ऋषेश्वर थपलिया चयन भएका छन ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा काठमाडौमा सम्पन्न समितिको अधिवेशनले थपलियाको सभापतित्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।

यसैगरि अधिवेशनले उपसभापतिमा अनिल शिलवाल, नेत्रनाथ पौडेल, सपना गैरे, सचिवमा गणेश ढकाल, सहसचिवमा रोशन घिमिरे र रिता भट्टराई, कोषाध्यक्षमा मच्छिन्द्र उप्रेती तथा सदस्यहरुमा ई. लक्ष्मण बाबु सेढाई, विश्व बन्धु अधिकारी, ई. प्रकाश पौडेल, अनन्त राज पौडेल, राजन पन्त, लक्ष्मी के.सी. र राजु रिमाल चयन भएका छन ।

नेपाली कांग्रेस चितवन–काठमाडौ सम्पर्क समितिका निवर्तमान अध्यक्ष कृष्ण बहादुर घलेको सभापतित्वमा सम्पन्न अधिवेशनमा विशेष अतिथिकारुपमा सहभागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ, केन्द्रिय सदस्य श्याम कुमार घिमिरे, दिनेश कोइराला र शान्ति परियार तथा चितवन जिल्ला सभापति राजेश्वर खनाल, चितवन जिल्लाका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, निवर्तमान सचिव उत्तम जोशीलगायतका बक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।








