अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ । गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन् ।

यज्ञप्रसाद आचार्यको इजलास अनुसार शाहले पीडित बालिकालाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ तिर्नसमेत भनेको छ।