मुस्ताङका लागि पोखरा विमानस्थलबाट उडेको समटि एअरको जहाज ७ मिनेटमै आपतकालीन अवतरण गरेको छ ।
जहाज आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको थियो ।
१८ जना यात्रुसहित उडेको जहाजको इन्डिकेसनमा समस्या आएपछि उडेको ७ मिनेटमै अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जनाएका छन् ।
जहाज सामान्य अवस्थामै अवतरण भएको र चेकजाँचपछि थप विवरण आउने बताइएको छ ।








