अहिले देशभित्र डेङ्गुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको र अस्पतालमा रहेका बिरामीलाई अत्याधिक रुपमा रगत आवश्यक भएका कारण सबैलाई रक्तदान गरि जीवनदान गर्न नेपाल स्वयंसेवी समाजले अनुरोध गरेको छ ।
गत बिहिबार न्युरोड समितीका अध्यक्ष र लायन्स क्लव अफ काठमाण्डौ रक्तदाता समुह द्वारा प्रेस विज्ञप्ति नै निकालेर सम्पुर्ण स्वयंसेवी रक्तदाताहरूलाई रक्तदान गरिदिन आग्रह गरेका हुन् ।

हाल देशभित्र व्याप्त डेङ्गु रोगको प्रकोप बढ्दै गईरहेको र अस्पतालहरूमा उपचारार्थ रहेका बिरामीहरूलाई अत्याधिक मात्रामा रगतबाट तयार पारिएको रक्त–तत्वहरू मध्ये पि.आर.पि.एच्एको माग दिनानुदिन बढ्दै गइरहेको अवस्था रहेकोले डेङ्गु रोगको उपचारका क्रममा माग गरिने रक्त–तत्वहरूको आपूर्तिमा सहज र सरलता मिल्नको लागि आम स्वयंसेवी रक्तदाताहरुले रक्तदान कार्यक्रम आयोजक संघ÷संस्थाहरूलाई रक्तदान कार्यक्रमहरूको आयोजना गरिदिन नेपाल स्वयंसेवी रक्तदाता समाज र लाईन्स क्लव अफ काठमाण्डौ रक्तदाता समुहले अनुरोध गरेका हुन् ।

डेङ्गुको बिरामी बढ्दै गएकाले सबैलाई रक्तदान गर्न रक्तदाता समाजको अनुरोध

सबैले आफ्नो घरआँगन, टोल, छरछिमेकमा सरसफाइको लागि बिशेष ध्यान पु¥याउन आग्रह गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भाहरूको बिकास हुने स्थान पानी जम्ने ठाउँ हुनसक्ने भएकोले त्यस्ता ठाउँहरूको पहिचान गरि निर्मूल पार्न साथै कसैमा डेङ्गु रोगका लक्षण देखिएमा तुरुन्त चिकित्सकसंग सम्पर्क गर्न नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष केदारप्रसाद न्यौपानेले अनुरोध गरे ।