राष्ट्रिय परीक्षा बोर्ड बैठक शुक्रबार दिउँसोबाट सुरु भएको छ ।

बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाश गर्न बोर्डको बैठक भर्खर सुरु भएको जानकारी दिए । उनका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

बोर्डले मोबाइलमार्फत नतिजा हेर्न भनेर लिङ्क पनि सार्वजनिक गरिसकेको छ ।

नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिचेर वा एसएमएसबाट NEB टाइप गरी १६०१ मा पठाएर प्राप्त गर्न सकिन्छ भने https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।